काठमाडौँ । झापा इनर्जीको आज शुक्रबारदेखि प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला भएको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो ।आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ ।
न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । भदौ २४ गतेसम्म कम्पनीमा आवेदन दिन सकिने जनाइएको छ ।
कम्पनीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको छ । गत आर्थिक वर्ष चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७२ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ४० पैसा छ । साथै सो अवधिसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड ३१ लाख रुपैयाँ छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij