Logo

Sep 07 2025 | २०८२, भदौ २२गते

Sep 07 2025 | २०८२, भदौ २२गते

images

ट्रक यातायात व्यवसायी महासंघको अधिवेशन तथा साधारण सभा मंसिर मसान्तमा हुने

ट्रक यातायात व्यवसायी महासंघको अधिवेशन तथा साधारण सभा मंसिर मसान्तमा हुने

  • काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको अधिवेशन तथा साधारणसभा मंसिर मसान्तसम्म हुने भएको छ । महासंघको केन्द्रीय कार्यसमितिको बैठकले यसबारे यस्तो निर्णय गरेको हो।

    शनिबार बसेको बैठकले स्वदेशी तथा विदेशी ट्रकहरूले कानूनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेको र यसले सडक तथा पुल संरचनामा क्षति पु¥याउनुका साथै दुर्घटनाको जोखिम बढाइरहेको निष्कर्षसमेत निकालेको छ।
    महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले तौलपुलमार्फत नियमित जाँच भइरहे पनि अधिकतम १५०० रुपैयाँ जरिवाना तिरेर नियोजित रूपमा ट्रकहरू बारम्बार ओभरलोड गर्ने गरेको पाइएको बताए । उनले जरिवाना तिरेर ओभरलोड प्रवृत्ति बढेकोले यसलाई रोक्न विभिन्न निकायमा आउँदो दिनमा थप लबिङ गर्ने जानकारी दिए ।
    उनका अनुसार  मापदण्डभन्दा बढी सामान बोकेका सवारी साधनलाई निर्देशिका २०७४ अनुसार तुरुन्तै अनलोड गराई सोही ट्रकलाई यातायात कार्यालयमा चलान गर्ने व्यवस्था रहेको छ । यसलाई  कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    यसका लागि महासंघले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीलाई पत्राचार गर्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरेको जानकारी पनि बैठकमा दिइएको जनाइएको छ । 
    महासंघले प्रस्तुत गरेको प्रस्ताव अनुसार अत्यधिक भारवहन गर्ने ट्रकबाट सामान अनिवार्य रूपमा अनलोड गराई ट्रकलाई कारबाहीका लागि चलान गर्ने व्यवस्था लागू गरिएमा यस्ता अनियमितता नियन्त्रणमा आउने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij