Logo

Sep 07 2025 | २०८२, भदौ २२गते

Sep 07 2025 | २०८२, भदौ २२गते

images

गत आवसम्म साढे ५८ लाख सवारी साधन दर्ता, सबैभन्दा धेरै मोटरसाइकल

गत आवसम्म साढे ५८ लाख सवारी साधन दर्ता, सबैभन्दा धेरै मोटरसाइकल

  • काठमाडौं । गत आर्थिक वर्षसम्म देशभरि ५८ लाख बढी सवारी साधन दर्ता भएका छन् । यातायात व्यवस्था विभाग  अनुसार यस्तो देखिएको हो ।गत आर्थिक वर्ष २०८१/८२ सम्ममा ५८ लाख ५० हजारभन्दा बढी  दर्ता भएको देखिएको छ । ती मध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।

    २०८१/८२ सम्म ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन् । अहिले देशभरि ३ लाख ६६ हजार ७ सय २३ कार/जिप/ट्याक्सी रहेको विभागको तथ्यांकमा जनाइएको छ ।बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएको बेला आव २०४६/४७ मा नेपालमा ७६ हजार ३ सय ७८ सवारीसाधन थिए । त्यसयता साढे ३ दशकमा सवारीसाधन संख्या करिब ८ गुनाले बढेको छ ।

    विभागको तथ्यांक अनुसार नेपालमा ७१ हजार ५ सय ७७ बस गुड्ने गरेको पाइएको छ । मिनिबस/ट्रक संख्या ४१ हजार ९ सय ८६ छ । क्रेन, डोजर, एक्जाभेटर, लोडर, रोलर संख्या भने १ लाख २९ हजार १ सय १९  देखिन्छ । पिकअप गाडी संख्या ९१ हजार ४ सय ८३ छ ।

    यसैगरी  माइक्रोबस १२ हजार ५ सय ७५, टेम्पो १ लाख ११ हजार ३ सय ५२ र ट्याक्टर १ लाख ९० हजार ६४ रहेको तथ्यांक छ । दर्ता भएका ई–रिक्सा ७३ हजार ६ सय ६ र अन्य १७ हजार ८ सय ७५ गरी देशभरि कुल ५८ लाख ५० हजार ४ सय ३२ सवारीसाधन दर्ता भएको देखिएको छ ।

    गत आव २०८१÷८२ मा मात्र २ लाख ४२ हजार ४ सय ४१ सवारीसाधन दर्ता भएका थिए । त्यसबेला २ हजार ५ सय ८८ बस दर्ता भएका थिए । त्यस्तै १५ हजार ९९ कार थपिएका छन् । मोटरसाइकल भने १ लाख ९६ हजार २ सय ११ वटा थप भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij