Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

जेन जी आन्दोलन हिंसात्मक बन्दै, बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

जेन जी आन्दोलन हिंसात्मक बन्दै, बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

  • काठमाडौँ । भ्रष्टाचारविरुद्ध जेन-जीले सोमबार गरेको प्रदर्शन हिंसात्मक रूप लिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ।

    सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन्। परिषद्को सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल रहेका छन्। परिषद्को सचिवमा रामेश्वर दंगाल रहेका छन्।

    प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यस्तै, प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद् भवनभित्र छिरेर प्रदर्शन समेत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij