Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

जेनजी मुभमेन्ट नेपालले भन्यो ‘ आन्दोलनमा घुसपैठ भयो’

जेनजी मुभमेन्ट नेपालले भन्यो ‘ आन्दोलनमा घुसपैठ भयो’

  • काठमाडौँ  । जेन–जी मुभमेन्ट नेपालले  आन्दोलनमा घुसपैठ भएको जनाएको छ । आन्दोलनले एक विज्ञप्ति  जारी गरी यस्तो जनाएको हो । सूचनामा भनिएको छ ‘ आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ जबरजस्ती प्रवेशको प्रयासले प्रभावित भयो । तर स्पष्ट पार्न चाहन्छौं, यो हाम्रो मुल उद्देश्य कहिल्यै थिएन,’ 
    साथै जेन–जीले शान्तिपूर्ण संघर्ष गर्ने जनाएको छ। जारी सो विज्ञप्तिमा भनिएको छ  ‘जेन–जी को आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै हो । हाम्रो आन्दोलन भवन वा संस्था विरुद्व होइन । भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघात विरुद्ध हो । सम्पूर्ण नागरिक नागरिक, नेपाल प्रहरी, विश्व समुदायलाई स्पष्ट सन्देश छ । केही व्यक्तिहरुका कार्यलाई यो पुस्ताको आवाज ठान्ने गल्ती नगर्नुहोस्। हाम्रो आवाज चोइटिन सक्दैन । नत अपहरण गरिन सकिन्छ । हामी शान्तिको पक्षमा छौं । हामी न्यायका पक्षमा छौं । हामी भविष्यको पक्षमा छौं ।’

    सो विज्ञप्तिमा भनिएको छ, ‘यसको बाबजुद केही द्वन्द्वात्मक मनासय बोकेका, यस आन्दोलनलाई आशान्ति र तोडफोड तर्फ तान्नेहरु राजनीतिक स्वार्थ बोकेर आएका परिचालित व्यक्तिहरु हुन्। उनीहरुले हाम्रो मर्म र आत्मालाई प्रतिनिधित्व गर्दैनन्।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij