Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने उद्देश्यले मातहतका सबै संघीय अस्पताललाई निःशुल्क उपचार गर्न सर्कुलर गरेको छ।

    मन्त्री पौडेलको नेतृत्वमा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी छिटो उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ।

    यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइ आवश्यक स्थानहरूमा सहजै उपलब्ध गराउन पनि आदेश दिएको छ। काठमाडौँ उपत्यकाभित्रको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा लैजान सहज बनाउने व्यवस्था गर्न भनिएको छ।

    साथै, सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा तत्पर रहन मन्त्रालयले आह्वान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij