Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

एक्स (ट्विटर) नेपालमा भ्रष्टाचार नियन्त्रण नभएसम्म दर्ता हुने छैन

एक्स (ट्विटर) नेपालमा भ्रष्टाचार नियन्त्रण नभएसम्म दर्ता हुने छैन

  • काठमाडौँ । सामाजिक सञ्चाल एक्स (ट्विटर)ले नेपालमा दर्ता प्रक्रिया तत्काल हुने नभएको प्रष्ट पारेको छ। कम्पनीले नेपाललाई बढी भ्रष्टाचार हुने देशको सूचीमा राखेको र यहाँ अभिव्यक्ति स्वतन्त्रताको ‘ग्यारेन्टी’ नभएसम्म दर्ता नहुने निर्णय गरेको जनाएको छ।

    एक्सले भनेको छ, “नेपाल भ्रष्टाचार हुने मुलुकहरूमध्ये निकै अघिको सूचीमा पर्छ, त्यस्तो भ्रष्ट मुलुकहरूमा कार्यालय दर्ता गर्ने हाम्रो नीति छैन।”

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीले पनि एक्सले नेपालमा दर्ता नहुने जानकारीसहित पत्र पठाएको पुष्टि गरेका छन्। यस निर्णयले नेपालमा सामाजिक सञ्जाल व्यवस्थापन र नियमनको आवश्यकतालाई पुनः प्रकाशमा ल्याएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij