
काठमाडौँ। काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दै ठुलो सङ्ख्यामा युवाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ ।
गृहमन्त्री लेखकले घटनालाई अनपेक्षित र दुःखद भन्दै पदबाट हट्ने घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसका नेताहरूले समेत घटनाप्रति नैतिक जिम्मेवारी स्वीकार गर्दै उहाँलाई राजीनामा दिन सुझाव दिएका थिए ।
सोमबारको घटनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाउनुभएको थियो । उक्त बैठकमा गृहमन्त्री लेखकले घटनाक्रमबारे जानकारी गराउनुभएको थियो ।
बैठकमा सहभागी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पूर्वगृहमन्त्री तथा पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले सर्वसाधारणको मृत्यु तथा घाइतेप्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सुझाव दिनुभएको थियो ।
बैठकपछि गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामापत्र बुझाउनुभएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij