Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

बानेश्वरमा भेला हुन थाले जेनजी प्रदर्शनकारी, कर्फ्यू आदेश जारी

बानेश्वरमा भेला हुन थाले जेनजी प्रदर्शनकारी, कर्फ्यू आदेश जारी

  • काठमाडौं। काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सोमबार जेनजी प्रदर्शनकारीहरू भेला हुन थालेका छन्। विभिन्न स्थानबाट आएका प्रदर्शनकारीहरू प्रदर्शनको तयारीमा जुटेका छन्।

    सेनाले कब्जामा लिएको उक्त क्षेत्रमा जेनजीहरू स्वस्फूर्त रूपमा भेला हुन थालेका हुन् भने अन्य स्थानहरूमा पनि आन्दोलन सुरु भएको खबर प्राप्त भएको छ।

    सोमबार सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा काठमाडौंमा १७ र उपत्यका बाहिर २ जनाले ज्यान गुमाएका छन्। साथै, सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    जेनजी प्रदर्शन संसद भवन प्रवेश गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ। त्यसैलाई ध्यानमा राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij