Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

  • काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्।

    सोमबार राजधानीमा भएको जेनजी प्रदर्शनमा सरकारको दमनका क्रममा १९ युवा नागरिकको मृत्यु भएपछि सरकारप्रति चौतर्फी आलोचना भएको थियो। मन्त्री पौडेलले यस परिस्थितिमा सरकारमा बसिरहनु उचित नभएको बताएका छन्।

    उनले भनेका छन्, “यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन। राजीनामा दिँदैछु।”

    उनको राजीनामाले सरकारमा उत्पन्न भएको राजनीतिक दबाब र जनआन्दोलनको प्रभावलाई अझ स्पष्ट बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij