Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

जेनजी आन्दोलन उग्र : सभापति देउवाको घरमा तोडफोड , लेखकको घरमा आगजनी

जेनजी आन्दोलन उग्र : सभापति देउवाको घरमा तोडफोड , लेखकको घरमा आगजनी

  •  

    काठमाडौँ । राजधानीमा जारी जेनजी पुस्ताको विरोध आन्दोलन सोमबार राति उग्र बनेको छ। आन्दोलनकारीहरूको एक समूहले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा तोडफोड गरेको छ। भीडले मुख्य गेट भत्काएर घरभित्र प्रवेश गरी भौतिक क्षति पुर्‍याएको प्रहरी स्रोतले जनाएको छ।

    यस्तै, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको काठमाडौंको नैकापस्थित निवासमा पनि प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। आगलागीका कारण घरमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ।

    घटनापछि सुरक्षाकर्मीहरूको उपस्थिति व्यापक रूपमा बढाइएको छ। अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिए पनि आन्दोलनकारीको भीड अझै तितरबितर भएको छैन। सुरक्षा निकायले परिस्थितिलाई नियन्त्रणमा लिन थप बल प्रयोग गर्न सक्ने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij