Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

जेन–जी आन्दोलन चर्किएसँगै खेलकुदमन्त्री चौधरीको राजीनामा

जेन–जी आन्दोलन चर्किएसँगै खेलकुदमन्त्री चौधरीको राजीनामा

  •  

    काठमाडौँ । सोमबारदेखि चर्किएको जेन–जी आन्दोलनका बीच खेलकुदमन्त्री तेजुलाल चौधरीले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले आन्दोलनकारीको मागलाई सम्बोधन गर्न तथा उत्पन्न परिस्थितिप्रति संवेदनशील रहँदै मन्त्री पदबाट हट्ने घोषणा गरेका हुन्।

    जेन–जी आन्दोलनमा सुरक्षाकर्मीको कारबाहीका कारण १९ जनाले ज्यान गुमाएपछि आन्दोलन थप उग्र बनेको छ। प्रदर्शनकारीहरूले एकपछि अर्को नेताका निवासलाई लक्षित गर्दै आक्रमण गरिरहेका छन्। यसबीच चौधरीले सरकारमा बसिरहनु उचित नदेखिएको भन्दै पद त्यागेको स्पष्ट पारेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij