
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सङ्घ र प्रदेशका ४२ सांसदले आफ्नो पदबाट सामूहिक रूपमा राजीनामा दिएका छन्।
राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ। यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेका छन्।”
विज्ञप्तिमा थप भनिएको छ कि आन्दोलनरत जेनजी पुस्ताको माग सम्बोधन र नयाँ समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अपिल गर्दछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij