
काठमाडौँ । हालैको असहज परिस्थितिबाट उत्पन्न जनधन तथा सम्पत्तिको ठूलो क्षतिपछि नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई दाबी छिटो फछ्र्योट गर्न निर्देशन दिएको छ । भदौ २३ र २४ गते भएका प्रदर्शन तथा तोडफोडका कारण सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गर्दै प्राधिकरणले विशेषगरी निर्जीवन बीमा कम्पनीलाई बीमित ग्राहकहरूको दाबी सहज र छिटो फछ्र्योट गर्न आग्रह गरेको हो ।
प्राधिकरणका निर्देशक कुन्दन सापकोटाका अनुसार असहज अवस्थाले बीमितहरूको धनसम्पत्तिमा ठूलो असर पारेकाले प्रभावित बीमितलाई राहत दिलाउने उद्देश्यले यस्तो पहल गरिएको हो । साथै, प्राधिकरणले क्षतिको बीमा दाबी भुक्तानीका विवरणहरू साप्ताहिक रूपमा उपलब्ध गराउन समेत कम्पनीहरूलाई आग्रह गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij