
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै सक्रिय रहेकाले देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै भागमा मध्यम वर्षा हुने सम्भावना छ ।
त्यसैगरी, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij