Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

चेरबस्मृति प्रतिष्ठानको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

चेरबस्मृति प्रतिष्ठानको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • काठमाडौँ । चेरब स्मृति प्रतिष्ठानले  प्रतिष्ठानलेको बाह्रौँ साधारणसभा  तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। मिति २०८२/०५/२१ गतेका दिन  प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति  तथा साहित्यकार  विष्णु विभु घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा भाषा आयोगका सदस्य मातृका पोखरेल  वरिष्ठ अधिवक्ता,पूर्व सचिव घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका  अध्यक्ष चेतनाथ घिमिरे , साहित्यिक समाजका पूर्व अध्यक्ष तथा नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक  विष्णु बहादुर सिह, नेविप्राका निर्देशक थर्कबहादुर थापा,गोरखापत्र संस्थानका पूर्व महाप्रवन्धक कपिल घिमिरे,सान्जेन जलविद्युत केन्द्रका प्रमुख कार्यकारी अधिकृत तथा चेरब स्मृति प्रतिष्ठननका संरक्षक  अर्पण बहादुर सिंह  , वित्तप्रमुख घनश्याम श्रेष्ठ,हरिकृष्ण घिमिरे ,घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका केन्द्रीय सदस्य द्वय जगदीश्वर घिमिरे र राम प्रसाद घिमिरेका  साहित्यसक समाजका अध्यक्ष विष्णु आचार्य “अतृप्त“ लगायत ब्यक्तित्वहरूको विशेष उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    cherab1.jpg

    प्रतिष्ठानले समावजसेवी नेविप्राका  कर्मचारी शुकदेव  घिमिरेलाई चेरव स्मृति सम्मान प्रदान गरिएको थियो ।  उक्त कार्यक्रममा पेश भएका,आर्थिक,साङ्गठनिक र विधान संशोनको  प्रतिवेदन तथा मस्यौदा एकमतले पारित भएको जनाइएको छ ।  प्रमुख अतिथि घिमिरेले कार्यक्रम महत्वपूर्ण भएको बताएका थिए । स्वागत मन्तव्य चक्र दवाडी, धन्यवाद मन्तव्य मधुष न्यौपानेले गरेको उक्त कार्यक्रममा सान्जेनका प्रमुख कार्यकारी अघिकृत ई.अर्पण बहादुर सिंहले प्रतिष्ठानको सफलताको कामना गरेका थिए । साथै उनले  सान्जेनबाट आवश्यक सहयोग गरिदै रहने विश्वास व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij