
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई सफ्ट लोनसहितका सहयोग गर्ने सरकार तयार हुने बताएकी छिन् ।गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने विश्वास दिलाएकी हुन् ।
सिंहदरवारमा आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न तयार हुनुपर्ने उनले बताइन् । क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकोमा निजी क्षेत्रको प्रशंसा गर्दै जेनजी आन्दोलनमाभएको आगजनी र तोडफोडको छानबिन समेत गरिने बताइन् ।
निजी क्षेत्रमा भएको क्षतिको आकलन गरी सफ्टलोन दिएर हुन्छ कि अन्य कुनै विधि अपनाएर हुन्छ सहयोग गर्नुपर्ने विचार प्रधानमन्त्री कार्कीले व्यक्त गरिन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij