Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

आगजनीमा ध्वस्त सर्वोच्च अदालतले टेन्ट टाँगेर सेवा दिन थाल्यो

आगजनीमा ध्वस्त सर्वोच्च अदालतले टेन्ट टाँगेर सेवा दिन थाल्यो

  • काठमाडौँ । जेनजी आन्दोलनकारीहरूले सर्वोच्च अदालतमा आगजनी गरी जलाइदिएपछि सर्वोच्च अदालतले परिसरमा टेन्ट टाँगेर सेवा दिन सुरु गरेको छ ।आइतबार सर्वोच्चका कर्मचारीहरूले विभिन्न सूचनामूलक प्लेकार्ड टाँसरे सेवा दिन सुरु गरेका हुन् ।

    supreme2.jpeg

    मुद्दाका फाइलहरू कति खरानी भएका छन् । दराजभित्र रहेका काजजातसमेत जलेर नष्ट भएका छन् ।भएभरका जलेका फाइलहरू संकलन गरिएका छन् गरिँदै छन् । कर्मचारीसँगै अधिवक्ताहरू पनि सरसफाइमा सहयोग गरे । 

    supreme.jpg

    अदालतको भित्र रहेको ‘बन्द इजलास’ लेखिएको प्लेट बगैंचाको वालमा ल्याएर झुन्डाइएर  प्राङ्गणको सरसफाइ सकाएर टेन्ट टाँगेर सेवा प्रवाह गर्न थालिएको छ ।supreme1.jpg

    मंगलबार प्रदर्शनकारीले सर्वोच्च अदालतमा आगजानी गरेका कारण अदालत पूर्णरूपमा क्षति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij