Logo

Sep 15 2025 | २०८२, भदौ ३०गते

Sep 15 2025 | २०८२, भदौ ३०गते

images

इञ्जिनियर्स एसोसियसनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा निःशुल्क सहयोग गर्ने

इञ्जिनियर्स एसोसियसनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा निःशुल्क सहयोग गर्ने

  • काठमाडौँ । देशभरका इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसियसनले जेन-जी आन्दोलनका क्रममा भत्किएका भौतिक संरचनाको क्षति मूल्यांकन र पुनर्निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने घोषणा गरेको छ।

    एसोसियसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गर्दै यस अभियानमार्फत क्षतिग्रस्त संरचनाको मूल्यांकन, जोखिम आकलन, प्रयोगयोग्यता जाँच, वैकल्पिक व्यवस्थापन र पुनर्निर्माण सम्भाव्यता अध्ययन गरिने जानकारी दिए।

    विज्ञप्तिमा भनिएको छ, “विसं १९९० र २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा नेपाली प्राविधिक जनशक्तिले ठूलो योगदान पुर्‍याएको थियो। आगामी दिनमा पनि त्यही प्रतिबद्धतालाई निरन्तरता दिनेछौं।”

    एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र नेपाल बार एशोसियसनको भवनको प्रारम्भिक निरीक्षण सुरु भइसकेको छ। उनले सम्पूर्ण इञ्जिनियरलाई यस अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij