Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

गृहमन्त्री चयनमा असहमति, सुदन गुरुङ समूहद्वारा प्रधानमन्त्रीको राजीनामा माग

गृहमन्त्री चयनमा असहमति, सुदन गुरुङ समूहद्वारा प्रधानमन्त्रीको राजीनामा माग

  • काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मनलाग्दी मन्त्रिमण्डल गठन गरेको आरोप लगाउँदै सुदन गुरुङको समूहले आइतबार राति बालुवाटार अगाडि नाराबाजी गरेको छ।

    गृहमन्त्रालयमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै उनीहरूले मध्यराति नाराबाजी गरेका थिए। “सहजकर्ता बनेर आएको मानिस किन गृहमन्त्री?” भन्दै आन्दोलनकारीहरू आक्रोशित भएका थिए।

    आन्दोलन अपहरणमा परेको आरोप लगाउँदै उनीहरूले त्यस्तो नगर्न चेतावनीसमेत दिएका छन्।
    सुदन गुरुङले प्रधानमन्त्री कार्कीलाई चेतावनी दिँदै भने, “हामीले नै प्रधानमन्त्री बनाएर ल्याएका हौं, यस्तै हो भने हटाउन सक्ने क्षमता पनि राख्छौं।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij