Logo

Sep 15 2025 | २०८२, भदौ ३०गते

Sep 15 2025 | २०८२, भदौ ३०गते

images

दशैँ तिहारका लागि खुले सहुलियत दरका  पसल

दशैँ तिहारका लागि खुले सहुलियत दरका  पसल

  • काठमाडौँ । दशैँ तिहारका लागि उपभोक्तालाई सहजरूपले सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले सहुलियत दरका पसल खुलेका छन् । सोमबार ३० गतेदेखि दशैँका लागि सहुलियत पसल खुलेका हुन् । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरमा सहुलियत पसल सुरु गरिएको हो ।   

    जेनजी आन्दोलनका कारण खाद्य कम्पनीले अघिल्ला वर्षझैँ तामझाम नगरी बिक्री वितरण  सुरु गरेको छ । सञ्चालन भएको पहिलो दिन किनमेल गर्न आउने उपभोक्ता आउनेको संख्याले उत्साह थपेको छ । 

    यसैगरी पोखरामा पनि सहुलियत दरका पसल सञ्चालनमा आएका छन् । नजिकिँदै गरेका दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी ३० गतेदेखि कात्तिक १० गतेसम्मका लागि सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिएका हुन् । उनका अनुसार पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १०ः०० देखि दिउँसो ५ः०० बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ ।

    कार्यालयले सहुलियतस्वरूप प्रतिकिलो रु पाँच छुटसहित स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८३, अरुवा सोना मनसुली चामल प्रतिकिलो रु ५९, स्टिम जिरा मसिनो चामल (एफआर) प्रतिकिलो रु ८५, अरुवा सोना मनसुली चामल (एफआर) प्रतिकिलो रु ५९, चिनी प्रतिकिलो रु ९५ र जेठो बुढो चामल प्रतिकिलो रु २४५ मा उपलब्ध गराउने जनाइएको छ ।  त्यस्तै प्रतिकिलो रु १० छुटसहित अरुवा बास्मती चामल प्रतिकिलो रु १२०, चिनो प्रतिकिलो रु २५५, कागुुनो प्रतिकिलो रु २५५ र जुम्ली मार्सी प्रतिकिलो रु २२५ मा उपलब्ध गराइने जानकारी दिए । सहुलियत दरका पसल दशैँ तिहारका लागि खोलिने अनुसार सहुलियत दरका पसल खुला भएका हुन् । निर्धारित ठाउँहरूमा सहुलियत दरका पसल खुलेको र खुल्न बाँकी रहेका ठाउँमा खुल्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij