
काठमाडौँ ।काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन जना मन्त्रीहरूको शपथ ग्रहण सम्पन्न भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल , ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले पद तथा गोपनीयताको शपथ खाएका हुन् ।
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा सोमबार टेन्ट टाँगेर शपथग्रहणका लागि बनाइएको मञ्चमाशपथ ग्रहण समारोह सम्पन्न भयो । मञ्चको पृष्ठभूमिमा आगजनीबाट जलेको केही भाग समेत देखिएयो । यस्तै मञ्चमा सामान्य कार्पेट बिछ्याइएको छ ।
यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतलनिवासभित्रको सानो कोठामा गरिएको थियो । आज सोमबार भने बाहिरै टेन्ट टाँगेर बनाइएको मञ्च आज अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालको शपथ भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij