
काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने घोषणा गरेका छन् । मन्त्री घिसिङले सोमबार पदभारग्रहणपछि यस्तो बताएका हुन् ।
उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए ।
मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय समेत गरेका छन् । त्यस्तै उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij