Logo

Sep 15 2025 | २०८२, भदौ ३०गते

Sep 15 2025 | २०८२, भदौ ३०गते

images

चालु आव साउनमा रेमिट्यान्स २९.९ प्रतिशतले बढ्यो

चालु आव साउनमा रेमिट्यान्स २९.९ प्रतिशतले बढ्यो

  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २९.९ प्रतिशतले बढी हो ।

    गत वर्ष साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । त्यसबेला रेमिट्यान्स आप्रवाह वृद्धिदर १७.७ प्रतिशत मात्र थियो ।

    नेपाल राष्ट्र बैंकका अनुसार, चालु आव साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस अवधिमा यस्तो आप्रवाह १५.८ प्रतिशतले मात्र बढेको थियो ।

    यसैगरी, चालु आवको पहिलो महिनामा खुद द्वितीय आय १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो आवमा सोही अवधिमा यो आय १ खर्ब ४८ अर्ब ८ करोड थियो ।

    वैदेशिक रोजगारीतर्फ, चालु आव साउनमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४६६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने संख्या २३ हजार ६४४ रहेको छ । गत वर्ष सोही महिनामा क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ ले श्रम स्वीकृति लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij