Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

जेनजी आन्दोलनबाट भन्सारहरूमा काँकडभिट्टा सुक्खा बन्दरगाहमा सबै भन्दा बढी क्षति

जेनजी आन्दोलनबाट भन्सारहरूमा काँकडभिट्टा सुक्खा बन्दरगाहमा सबै भन्दा बढी क्षति

  • काठमाडौँ । काँकडभिट्टा सुक्खा बन्दरगाहमा सबै भन्दा बढी क्षति भएको पाइएको छ ।
    जेनजी आन्दोलनका क्रममा देशभरिका ८ बन्दरगाहमध्ये सबैभन्दा धेरै क्षति काँकडभिट्टा सुक्खा बन्दरगाहमा भएको देखिएको हो ।  नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाए अनुसार त्यसपछि विराटनगर र भैरहवास्थित सुक्खा बन्दरगाहमा समेत धेरै क्षति भएको पाइएको छ ।

    इन्टरमोडल विकास समितिले प्राविधिक सहितको टोलीले अहिले क्षति भएको सुक्खा बन्दरगाहहरुमा क्षतिको आंकलन  गरेको छ । समितिका कार्यकारी निर्देशक आषिश गजुरेलले जानकारी सार्वजनिक गरे अनुसार बन्दरगाहहरुमा अहिले पुनर्निर्माणको काम सुरु गरिएको  छ । 

    काँकडभिट्टा बन्दरगाहको गोदाममा सबैभन्दा बढी क्षति भएको छ । आन्दोलनको एक सातापछि मंगलबारसम्म पनि गोदाममा आगो लागिरहेको पाइएको छ । गोदाम पूर्ण रूपमा क्षति भएको र सामान जलेको पाइएको छ । गोदाममा घरायसी सामान, सिसा, मदिरा, कागजजन्य सामान र चिया रहेको जनाइएको छ । यी सामानमध्ये कतिपय चोरी भएको र कतिपय जलेर नष्ट गराइएको जनाइएको छ ।मेची भन्सारमा तोडफोड र आगजनी गरिएको पाइएको छ । कतिपय व्यक्तिले आफूले लगेका सामान फिर्ता समेत गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij