
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले जेन जी आन्दोलनकाक्रममा तोडफोड, लुटपाट र आगजनी गरिएको भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाको स्थलगत भ्रमण गरी क्षतिबार जानकारी लिएका छन् ।
मंगलबार अर्थमन्त्री खनालले भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखाको अवलोकन गरी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई भेटेर सान्त्वना समेत दिएका हुन् । अर्थमन्त्री खनालको उपस्थितिले संस्थालाई दृढता र हौसला प्राप्त भएको सञ्चालक गुरुङको भनाइ छ ।
गुरुङले भौतिक संरचना भत्किए पनि भाटभटेनीको आत्मा कहिल्यै नटुट्ने कम्पनी विपत्तिको बीचबाट सबल भएर पुनः निर्माण गर्ने र जनताको सेवामा निरन्तर लागिरहने बताए ।
जेनजी आन्दोलनकाक्रममा देशभर रहेका विभिन्न भाटभटेनीमा तोडफोड, लुटपाट तथा आगजनी गरिएको थियो । आगजनीबाट जोगिएका शाखाहरू पुनः सञ्चालनमा आइसकेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij