Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

भारतीय राजदूत श्रीवास्तव र प्रधानमन्त्री कार्कीबीच सिंहदरबारमा भेटवार्ता

भारतीय राजदूत श्रीवास्तव र प्रधानमन्त्री कार्कीबीच सिंहदरबारमा भेटवार्ता

  • काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग  भेटवार्ता गरेका छन् । मंगलवार अपरान्ह सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् ।

    भेटका क्रममा राजदुत श्रीवास्तवले  भारतले नेपालको उन्नति र समृद्धिका लागि  सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    साथै नेपालको विकास, पुन: निर्माणमा भारतले सघाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ । नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनले भेटवार्ताका क्रममा बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij