Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

  •  

    बागमती ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हँुदा १६ जना घाइते भएका छन् । 

     

    नम्बर २ राजदल गण तनहुँबाट उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको लु१ग २८० नं को ट्रक चुरियामाईस्थित पुलबाट १२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएका हुन् । 

     

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेको उद्धार गरी उपचारका  लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij