Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

दसैँयात्राका लागि अग्रिम टिकट बुकिङ खुल्ने, विभागको १९ बुँदे निर्णय

दसैँयात्राका लागि अग्रिम टिकट बुकिङ खुल्ने, विभागको १९ बुँदे निर्णय

  •  

    काठमाडौँ । दसैँयात्रालाई सहज बनाउन यातायात व्यवस्था विभागले १९ बुँदे निर्णय गरेको छ। मंगलबार विभागमा भएको सर्वपक्षीय छलफलपछि यस्तो निर्णय सार्वजनिक गरिएको हो।

    निर्णयअनुसार चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खोलिने छ भने यसको मिति भने अझै तोकिएको छैन। यसपटक यात्रुहरूलाई सुविधा दिने उद्देश्यले अनलाइनमार्फत समेत टिकट बुकिङ गर्ने व्यवस्था मिलाइने विभागले जनाएको छ।

    यस्तै, असोज ६ देखि २० गतेसम्म अत्यावश्यक वस्तु बोक्ने बाहेक ठूला सवारीसाधनलाई नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालनमा रोक लगाइनेछ। साथै, घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट स्थगित गर्ने निर्णय पनि गरिएको छ।

    1_bNMn4Oe08x.jpg2_srY1R36R2Q.jpg

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij