
दुबई । Aero Leaders Travel & Tours को दुबई भेञ्चर Disuda Tourism LLC को भव्य उद्घाटन समारोह गत सातामा दुबईमा सम्पन्न भएको छ। यस ऐतिहासिक अवसरसँगै अब कम्पनीले नेपाल, दुबई र अमेरिका बाट ग्राहकहरूलाई सम्पूर्ण यात्रा तथा पर्यटनसम्बन्धी सेवाहरू उपलब्ध गराउन सुरु गरेको घोषणा गर्दछ।
Aero Leaders Travel & Tours, जसले विगतदेखि नै यात्रु तथा पर्यटकहरूलाई सहज, सुरक्षित र स्मरणीय अनुभव दिने उद्देश्य बोकेको छ, अब दुबईस्थित Disuda Tourism LLC मार्फत अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्दैछ। यसबाट दुबईमा रहेका नेपाली समुदाय, अन्तर्राष्ट्रिय पर्यटक तथा क्षेत्रीय साझेदारहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।
कार्यक्रमको उद्घाटन Aero Leaders Travel & Tourism Venture, America का चेयरपर्सन दिलीप नेपालीले गरेका थिए ।
उद्घाटन समारोहमा उपस्थित भई हाम्रो व्यवसायिक यात्रामा साथ दिनुहुने सम्पूर्ण UAE वासी नेपाली समुदाय, साथीभाइ तथा आफन्तजनहरू प्रति कम्पनी हार्दिक आभार प्रकट गर्दछ।
यस अवसरमा UAEस्थित विभिन्न नेपाली सामाजिक संघ–संस्था तथा व्यवसायिक व्यक्तिहरूबाट शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विशेष आकर्षणको रूपमा गायक/संगीतकार अशिष अविरल, मोडेल तथा नृत्याङ्गना लक्ष्मी सुनार, कलाकार अञ्जुल लक्ज, कलाकार अशिष पुरुष, र गायक बाबुराम परियारले मनमोहक सांगीतिक प्रस्तुति दिएका थिए ।
Disuda Tourism LLC अबदेखि दुबईमार्फत नेपाल र विश्वका अन्य गन्तव्यहरूलाई जोड्ने सेतुको रूपमा काम गर्दै यात्रु तथा पर्यटकहरूको सेवामा निरन्तर समर्पित रहनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij