Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

शुक्रबार सुनको मूल्य बढेर प्रतितोला २ लाख १६ हजार रुपैयाँ   कायम

शुक्रबार सुनको मूल्य बढेर प्रतितोला २ लाख १६ हजार रुपैयाँ   कायम

  • काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेर प्रतितोला २ लाख १६ हजार रुपैयाँ   कायम  भएको छ ।   नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको हो । हिजो बिहीबार सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला २ हजार ५ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij