Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

गृृह, रक्षा र योजना आयोगका तीन सचिवको सरुवा

गृृह, रक्षा र योजना आयोगका तीन सचिवको सरुवा

  • काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत तीन सचिवलाई सरुवा गर्ने निर्णय गरेको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार,

    • रामेश्वर दंगाल : रक्षा मन्त्रालयबाट गृह मन्त्रालयको सचिवमा

    • गोकर्णमणी दुवाडी : गृह मन्त्रालयबाट राष्ट्रिय योजना आयोगको सचिवमा

    • सुमनराज अर्याल : योजना आयोगबाट रक्षा मन्त्रालयको सचिवमा

    दुवाडीको कार्यकाल अन्तिम चरणमा

    गृह सचिव गोकर्णमणी दुवाडी करिब दुई महिनापछि मंसिर १० गते अनिवार्य अवकाशमा जान लागेका छन्। उनी तत्कालिन गृहमन्त्री रमेश लेखकको कार्यकालमा राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा भई गृह मन्त्रालयमा नियुक्त भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij