काठमाडौँ । बिहीबार सुनको मूल्यमा ह्रास भई प्रतितोला २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा छापावाल सुन तोलामा १७०० रुपैयाँ घटेको हो ।बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार भने सोही सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम थियो ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ७०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij