काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक सकी साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको हो ।‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा यो पहिलो सम्बोधन हो ।
गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो ।
प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । उनको नेतृत्वमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार भई मन्त्रिमण्डललाई वर्तमान सरकारको प्राथमिक कार्यभार छ महिना अर्थात् फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij