Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

पूर्वाधार क्षेत्रमा सहयोग गर्न स्विटजरल्याण्ड तयार

पूर्वाधार क्षेत्रमा सहयोग गर्न स्विटजरल्याण्ड तयार

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्याण्डका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी हुन् । 

    स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको कार्यान्वयनको अवस्था, अल्पकालीन र दीर्घकालीन रूपमा सहयोग गर्न सकिने क्षेत्रहरू, स्विस लगानी, द्विपक्षीय सहयोग लगायतका विषयमा छलफल भएको थियो । स्विस सरकारबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठित सरकारको प्रमुख प्राथमिकता चुनाव, आन्दोलनका कारण क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण र सुशासन कायम गर्दै युवामा आशा जगाउने रहेको जनाए । 

    विद्युतीय सवारी साधन प्रवद्र्धन, घरायसी प्रयोजनमा विद्युतलाई इन्धनको रूपमा प्रयोग गर्न प्रोत्साहन, स्विट्जरल्याण्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधिलाई नेपालमा अनुसरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्धन, साना उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्न आवश्यक तालिमका लागि सहयोग उपलब्ध गराउन घिसिङले आग्रह गरे । 

    हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालित छन् ।  राजदूत मेउलीले नेपाल ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैँ तयार रहेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij