काठमाडौँ । शेयर बजारमा परिसूचक निरन्तर गिरावट कायम रहेको छ । साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार नेप्से २.३५ अंकले घटेर २६५२ अंकमा झरेको हो ।
बिहीबार नेप्सेसँगै कारोबार रकम पनि ३ अर्बमा खुम्चियो । कारोबारमा आएका ३२७ कम्पनी मध्ये १०७ कम्पनीको शेयर मूल्य बढ्दा १३९ कम्पनीको शेयर मूल्य घटेको छ । बिहीबार ३७ हजार ५६२ पटकको कारोबारमा ७९ लाख ५३ हजार ७४० कित्ता शेयरहरु ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँमा खरिद बिक्री भए ।
बुधबार नेप्से २७.८९ अंकले घटेर २६५४.३५ अंकमा झर्दा कारोबार रकम ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँ थियो ।
बिहीबार व्यापार समूह ५२.५६ अंकले बढेको बजारमा बैकिङ्ग समूह १.७४, लगानी समूह ०.२३ र म्याचुअल फण्ड समूह ०.१० अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij