काठमाडौँ । आइतबार सुनको मूल्यमा वृद्धि भई प्रतितोला मूल्य २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको छ । आज सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।
आज छापावाला सुनको प्रतितोला मूल्य २ लाख २३ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि सुनको मूल्यले २ लाख २३ हजार रुपैयाँको नयाँ रेकर्ड बनाएको थियो। गत शुक्रबार भने सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij