Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

खाना पकाउने ग्यासका दुई थरी सिलिन्डर फेरि ल्याउँदै आयल निगम

खाना पकाउने ग्यासका दुई थरी सिलिन्डर फेरि ल्याउँदै आयल निगम

  • काठमाडौँ । सहुलियतको दुरुपयोग भयो भन्दै  नेपाल आयल निगमले फेरि खाना पकाउने ग्यासका दुई थरी सिलिन्डर ल्याउन लागेको छ ।निगमले उही तौलको सिलिन्डरमा घरायसी प्रयोजनका लागि सहुलियत दिँंदा दुरुपयोग हुने जोखिम देखाउँदै त्यो योजना थाँती राखेर फेरि दुई खाले सिलिण्डर प्रयोगमा ल्याउने योजना अगाडि बढाएको हो।

    निगमले घरायसी प्रयोजनका लागि अहिलेकै १४.२ केजीको सिलिण्डरलाई निरन्तरता दिएर व्यावसायिक प्रयोजनका लागि ४५० केजीको सिलिन्डर लागू गर्न लागेको हो।पदाधिकारीहरूले जानकारी सार्वजनिक गरे अनुसार  घरायसी र व्यावसायिक रूपमा प्रयोग गरिने खाना पकाउने ग्यासका लागि भिन्न  तौलका सिलिण्डर बारे  प्रक्रिया अगाडि बढाइएको छ ।

    जनाइए अनुसार  व्यावसायिक प्रयोजनमा ग्यास प्रयोगका लागि ४५० केजीको सिलिन्डरलाई अनिवार्य बनाउन लागिएको छ ।यसका लागि निगमले नेपाल गुणस्तर तथा नापतौल विभागमा पत्राचार गरिसकेको छ। पत्र प्राप्त भएपछि थप प्रक्रिया अगाडि बढाइने छ ।  जेनजीको आन्दोलनका क्रममा विभागको नापतौल शाखाको प्रयोगशाला र उपकरणमा क्षति पुगेका कारण यस विषयमा ढिलाइन भइरहेको छ ।

    घरायसी र औद्योगिक÷व्यावसायिक प्रयोजन छुट्याएर ग्यास बेच्नका लागि तीन महिनाअघि नै कानुनी आधार प्रस्ताव गरेको थियो। घरायसी प्रयोजनका लागि प्रति परिवार वार्षिक ८ सिलिन्डर ग्यासमा अनुदान दिने गरी निगमले कार्यविधिको मस्यौदा बनाएको थियो।

    ग्यास परल मूल्यमा बिक्री गरी घरायसी ग्राहकलाई अनुदान फिर्ता दिने गरी कार्यविधि प्रस्ताव गरेको निगमले तीन महिनापछि नै त्यसलाई होल्ड गरेर ४५० केजीको सिलिण्डर प्रयोगमा ल्याउने गृहकार्य अगाडि बढाएको हो।

    प्रक्रियामा संलग्न पदाधिकारीहरूका अनुसार घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासमा सहुलियत दिँंदा ग्राहकले सुरुमा व्यावसायिक प्रयोजनमा सरह परल मूल्य नै तिर्नुपर्छ। तर उपभोक्ताले परल मूल्यलाई  स्वीकार गर्न नसक्ने र अनुदान दिन पनि समस्या हुने देखिएकाले दुई थरी  सिलिन्डरको योजना बनाइएको हो ।निगमले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासँग कुरा गर्न बाँकी रहेको भएपनि  ग्यास व्यवसायीले भने ४५० केजीको सिलिण्डर प्रयोगमा ल्याउन सहमति जनाइसकेको जनाइएको छ ।

    व्यावसायिक प्रयोजनका लागि ठूला सिलिण्डर प्रयोगमा ल्याउँदा अहिलेका १४.२ केजीका सिलिण्डर व्यवस्थापन निक्कै पेचिलो बनेर जानेछ । अहिले व्यवसायीहरुले प्रयोग गरिरहेका सिलिण्डर सबै घरायसी प्रयोजनमा प्रयोगमा आउँदैनन्।  १४.२ केजीका सिलिण्डर व्यवस्थापन व्यवसायीका लागि टाउको दुखाइको विषय बन्ने देखिएको कतिपयको भनाइ छ।

    तर यसका पक्षमा रहेकाहरूका अनुसार अहिले व्यावसायिक रुपमा प्रयोग भइरहेका सिलिन्डर ४५० केजीको प्रयोग गर्दा फिर्ता हुन्छ। त्यसलाई व्यवस्थापन गर्ने उपाय कार्यविधिमै राखिने छ, । पुरानोलाई व्यवस्थापन गर्न र ४५० केजीको सिलिन्डर प्रयोग गर्ने सम्बन्धमा कार्यविधिमा जुन उद्योगको सिलिन्डर हो त्यही उद्योगलाई व्यवस्थापन गर्न लगाइने  अनिवार्य व्यवस्था गरिनेछ। अहिले प्रयोग भइरहेका सिलिन्डरको धरौटीमा नयाँ सिलिन्डर रिप्लेस गर्ने तयारी पनि रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij