काठमाडौँ । फागुन २१मा घोषित प्रतिनिधि सभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।निर्वाचन आयोगले आसन्न चुनावको तयारी अन्तर्गत प्रारम्भिक अनुमानसहितको बजेट साढे सात अर्ब रुपैयाँ बराबर तयार पारेको हो। यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ।तयार पारिएको प्रारम्भिक अनुमान अनुसारको उक्त बजेटलाई अझ ठोस गरिने आयोगकका पदाधिकारीहरूको भनाइ रहेको छ ।
सामग्री खरिद गर्नेबाहेक आयोगले केही रकम आकस्मिक व्यवस्थापन शीर्षकमा राख्न खोजेको छ । हेलिकप्टरबाट कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्नुपर्ने अवस्थालाई ख्याल गरेर आयोगले आकस्मिक व्यवस्थापन शीर्षकमा बजेट राख्ने तयारी आयोगको छ ।
हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारणले निर्वाचन गराउन कठिन हुने भएकाले मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टरको व्यवस्था गर्ने र हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी सो खर्चलाई समावेश गरिने जनाइएको छ ।
निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको छ। विगतमा पनि यस्तै अभ्यास हुँदै आएको हो। सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुनेछ । एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने छ। मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij