Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकी तत्कालीन उपकुलपति प्राडा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकी तत्कालीन उपकुलपति प्राडा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकी तत्कालीन उपकुलपति प्राडा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले   प्रतिवादीहरूलाई कम गुणस्तरको एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता गरी सरकारी कोषलाई १२ करोड ७ लाख रुपैयाँभन्दा बढी क्षति पुर्याएको आरोपसहितको सो मुद्दा दायर गरेको हो ।

     उपकुलपति भण्डारीसँगै तत्कालीन कार्यवाहक रजिस्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी लगायत अन्य ८ जनालाई पनि संलग्न देखाइ आयोगले मुद्दा दायर गरेको छ ।
     
    अख्तियारका अनुसार प्रतिष्ठानले एमआरआई मेसिन खरिद गर्दा मापदण्डविपरीत प्रक्रिया अपनाएर मूल्य र गुणस्तर दुवैमा अनियमितता गरेको पाइएको हो । यसका कारण राज्यकोषलाई करोडौंको नोक्सानी भएको आयोगको दाबी छ ।आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय, बिगो र जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij