Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस ,पशुपतिमा आरती र दीप प्रज्वलन

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस ,पशुपतिमा आरती र दीप प्रज्वलन

  • काठमाडौँ ।  गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले आफ्नो शनिबार २२ औं स्थापना दिवस मनाएको छ । त्यस अवसरमा एनआरएनएले स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ।कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शान्ति र समृद्धिको कामना गर्दै १०८ दीप प्रज्वलन गरे ।
    सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले अहिले गैरआवासीय नेपालीहरुका बिचमा एकताको आवश्यकता रहेको बताए। त्यसकालागि प्रयासहरू भइरहेको पनि उनले जानकारी दिए ।

    अध्यक्ष श्रेष्ठले  गत भदौ २३-२४ को जेनजी आन्दोलनले देशमा व्यापक क्षति पुगेको बताउदै राष्ट्र पुनर्निर्माणमा एकजुट हुन आह्वान गरे ।कार्यक्रममा एनआरएनए  उच्चस्तरीय समितिका सदस्य  विनोद कुँवरले सबैले ब्यक्तिगत हठ त्यागेर एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए।
    उपाध्यक्ष विश्वासदीप तिगेलाले अहिलेको सन्दर्भमा एनआरएनको भूमिका झनै बढेर गएकाले एकता गरेर नेपाल र नेपालीको समृद्धिमा जोडिन आग्रह गरे।
    संघका कोषाध्यक्ष ठाकुर ढुंगानाले जेनजी आन्दोलन पछि एनआरएनएले पुनर्निर्माणको काम जारी राखेको जानकारी गराउदै बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण  अन्तिम चरणमा पुगेको जानकारी दिए।

    एक पटकको नेपाली सधैंको नेपालीू भन्ने मूल मर्म अनुरुप  सन् २००३ अक्टोबर ११ तारिखमा स्थापना गरिएको एनआरएनका ८० भन्दा बढी मुलुकमा शाखा हरु रहेका छन् संघले एनआरएन दिवसकै अवसरमा  शनिबार नै बग्गीखानमा चियापान कार्यक्रम आयोजान गरेको छ। यसैगरी शनिबार साँझ पशुपतिस्थित आरतीस्थलमा दीप प्रज्वलनको पनि कार्यक्रम गरियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठसहितका माथिका उल्लिखित अधिकारीहरुका साथसाथै एनआरएनए नेता आरके शर्मा, मनोज गोर्खाली ९उपाध्यक्ष०, धर्मराज गिरी ९एनआरएनए खेलकुद परिषद् सदस्य सचिव०, संजय ढकाल ९अध्यक्ष, एनआरएनए थाइल्याण्ड०, नारायण समाजसेवी, उमेश पुडासैनी ९एनआरएनए अभियन्ता० लगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij