काठमाडौँ । जेनजी आन्दोलनको चपेटमा परेको असोज महिनामा वैदेशिक व्यापारका दुवै पक्षमा वृद्धि भएको छ ।चालु आर्थिक वर्षको तेस्रो महिना असोजमा आयात निर्यात दुवै बढेको तथ्यांकमा देखिएको हो । भन्सार विभागका अनुसार असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड ८२ लाख रुपैयाँको वस्तु आयात भएको छ। गत आवको असोजमा १ खर्ब २८ अर्ब २० करोड ९६ लाख रुपैयाँको वस्तु आयात भएको थियो।
पहिलो त्रैमासिकमा आयात १९.७९ र निर्यात ८९.६४ प्रतिशतले बढेको छ। गत आवको पहिलो तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको थियो । चालु आवमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको वस्तु भित्रिएको छ। त्यसमध्ये साउनमा १ खर्ब ४३ अर्ब ४ करोड र भदौमा १ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको वस्तु आयात भएको हो।
चालु आवको तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख २६ हजार बराबर भएको छ । गत आवमा यो ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजार बराबर भएको थियो ।चालु आवको तीन महिनामा व्यापार घाटा ३ खर्ब९५ अर्ब ३० करोड ५ लाख १६ हजार बराबर रहेको छ । गत आबमा यो व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार बराबर रहेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij