काठमाडौँ ।चालु आवको पहिलो तीन महिनामा भएको वैदेशिक व्यापारमा ३ खर्ब ९५ अर्ब३० करोड ५ लाख १६ हजार बराबर व्यापार घाटा रहेको छ । आयात र निर्यातबीचको अन्तर ऋणात्मक हुँदा व्यापार घाटा हुने छ । पहिलो तीन महिनामा १३७ देश र सय भन्दा कम वैदेशिक व्यापार भएका देशहरूको समूह गरी कुल १३८ देशसँग नेपालको वैदेशिक व्यापार भएको देखिन्छ । जसअन्तर्गत २८ देशसँग नेपालको व्यापार घाटा मात्र नभएको अवस्था छ । अन्यसँग नेपालको व्यापार घाटा भएको देखिन्छ ।आयात ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख२१ हजार भएको छ भने निर्यात ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार बराबरको निर्यात भएको छ ।
सबै भन्दा बढी व्यापार बचत हुने देश जर्मनी हो । नेपालको जर्मनीसँगको व्यापारमा ९ करोड बढीको बचत भएको छ । यसरी करोड बढी व्यापार बचत हुने देशहरूमा स्विडन, सिसलिज, रोमानिया, लेबनान र जर्मनी रहेका छन् ।
भन्सार विभागको असोज महिनाको प्रतिवेदन अनुसार नेपालको व्यापार बचत भएका देशहरूमा उरुग्वे ५२ लाख १८हजार , सिरिया ३ लाख ४९ हजार, स्विडन१ करोड ९१लाख २० हजार , सिसलिज१ करोड ११लाख ६० हजार , रोमानिया ७ करोड ०१लाख २९ हजार,पानामा ३लाख ३७ हजार, न्यू क्यालेडोनिया ९३ लाख ९९ हजार , माल्टा ११ लाख ९८ हजार , माली ३७ लाख ९८ हजार , माल्दिभ्स ३३ लाख ५४ हजार , लेबनान १ करोड ०४लाख ८७ हजार , लाओ ६लाख २९ हजार , किर्गीस्तान ५ लाख ६० हजार , केन्या६३ लाख ७४ हजार , जमैका ५ लाख ४५ हजार , इराक ३६ लाख १५ हजार , आइसल्यान्ड ६३ लाख १७ हजार , जर्मनी ९ करोड १५ लाख २० हजार , जर्जिया ४८ लाख ६८ हजार , फिजी ९१ लाख ९२ हजार , इस्टोनिया १५ लाख ६७ हजार , इक्वेडर१ लाख ०६ हजार , साइप्रस ५२ हजार , कोसिया९ लाख ६० हजार , कोलम्बिया ८५ लाख ९८ हजार , केम्यान आइसल्यान्ड ३० लाख ९० हजार , बोस्निया हर्जगोभिना ४० हजार , बहमास ६ लाख ४२ हजार व्यापार बचत रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij