Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

व्यवसायी सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ

व्यवसायी सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ

  •  

    चितवन । युवा व्यवसायी रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई गएराति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

     

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० का २४ वर्षीय राजबहादुर कार्की, सोही स्थानका २४ वर्षीय प्रकाश तामाङ र वडा नं १३ का २१ वर्षीय सनम सुनार रहेका छन् । उनीहरूलाई मुग्लिनबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।

     

    भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका सञ्चालक सिग्देललाई अपरिचित समूहले बिहीबार अपराह्न आक्रमण गरेको थियो । काम सकेर घर फर्कने क्रममा उहाँलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समूहमा आएकाहरूले आक्रमण गरेका प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

     

    सिसी टिभी फुटेजमा उनीहरू सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेका र सिग्देललाई त्यहाँ देख्नासाथ मोटरसाइकलको हेलमेट प्रयोग गरेर आक्रमण गरेका अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ । अक्रमणमा सिग्देलको हात र टाउकोमा चोट लागेको छ । 

     

    खनालले भरतपुर अस्पतालमा उपचार भइरहेको जनाउँदै यसअघि उहाँमाथि सोही ठाउँमा आक्रमण भएको बताउनुभयो । पक्राउ परेकाहरूसँग घटनाका बारेमा सोधपुछ भइरहेको बताउँदै यसबारे थप अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij