Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

चालु आवको पहिलो तीन महिनामा करिब २८ हजार व्यवसायिक प्यान थपिए

चालु आवको पहिलो तीन महिनामा करिब २८ हजार व्यवसायिक प्यान थपिए

  • काठमाडौँ । चालु आर्थिक वर्ष (आव)२०८२/८३ को तीन महिनामा करिब २८ हजार प्यान नम्बर थपिएका छन् ।साउनदेखि असोजसम्मको पहिलो तीन महिनामा २७ हजार ९ सय ५३ व्यवसायिक प्यान थपिएका  हुन् ।

    अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म २० लाख ६० हजार ७ सय ५८ व्यवसायिक प्यान सक्रिय रहेकोमा  असोज मसान्तसम्म २० लाख ८८ हजार ७ सय ११ पुगेका छन्।

    सोही अवधिमा १ लाख ४३ हजार ७४४ व्यक्तिगत प्यान थपिएका छन्। योसँगै असोजसम्म व्यक्तिगत प्यान लिनेको संख्या ५० लाख ४६ हजार ४६६ पुगेको हो ।साउन–असोजको अवधिमा ६ हजार ७७० भ्याट दर्ता भएर कुल संख्या ३ लाख ५८ हजार ५०५ पुगेको छ।

    अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख २८ हजार छ। यो आवको असोजसम्म ३ हजार नयाँ दर्ता भएको जनाइएको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij