काठमाडौँ । चीनको सरकारले सुन करमा वृद्धि गरेको छ । सुन करमा दिइएको कर छुटमा कटौती गरिएको रोयटर्सले एक समाचारमा जनाएको हो ।चीन विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजार हो । चीनको बजारमा खुद्रा मागलाई यो निर्णयले असर पार्ने सम्भावना रहेको जनाइएको छ । गएको सोमबार चिनियाँ राज्यको स्वामित्वमा रहेको चाइना कन्स्ट्रक्शन बैंकले नयाँ सुन खरिदका लागि लगानीकर्ताहरूलाई बिना कारण सुन खाता नखोल्ने जनायो ।
सो निर्णय नोभेम्बर १ देखि लागु हुने जनाइएको थियो । जसअनुसार सांघाई गोल्ड एक्सचेन्ज र सांघाई फ्युचर्स एक्सचेन्ज मार्फत सुन खरिदहरूको लागि दिइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर छुटलाई ६प्रतिशतमा घटाइएको जनाइएको थियो ।
युबीएस विश्लेषक जोनी टेभेसले यसले थप कम्पनीहरूलाई एक्सचेन्जमा सामेल हुन प्रेरित गर्न सक्ने सोमबार जनाएका थिए । साथै यसले तरलता र पारदर्शितामा सुधार ल्याउन सक्ने उनले जनाएक थिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij