Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको २ करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको २ करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (BANDIPUR) को शेयर औपचारिक रूपमा सूचीकृत भएको छ। यससँगै कम्पनीका शेयर अब द्वितीय बजारमा कारोबारयोग्य बनेका छन्।

    नेप्सेमा कम्पनीका २ करोड ८३ लाख कित्ता शेयर सूचीबद्ध गरिएका छन्। तीमध्ये ५८ लाख ६० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई वितरण गरिएको छ भने २ करोड २४ लाख ४० हजार कित्ता शेयर संस्थापक शेयरधनीहरूले लगानी गरेका हुन्।

    पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई रु. ९५ रुपैयाँ २४ पैसा देखि रु. २८५ रुपैयाँ ७२ पैसा सम्मको ओपनिङ रेञ्ज (Opening Range) प्रदान गरेको छ। सो रेञ्जका आधारमा भोलि मंगलबारको स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार सम्पन्न हुनेछ, त्यसपछि कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबारयोग्य हुनेछ।

    नेप्सेले बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडलाई “BANDIPUR” स्टक टिकर प्रदान गरेको छ, जसअन्तर्गत लगानीकर्ताहरूले अब सो कोडमार्फत कम्पनीका शेयरहरू खरिद–बिक्री गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij