Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

साहस उर्जा कम्पनीको २१ प्रतिशत बोनस सेयर र नगद लाभांश घोषणा

साहस उर्जा कम्पनीको २१ प्रतिशत बोनस सेयर र नगद लाभांश घोषणा

  •  

    काठमाडौँ — साहस उर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। साथै, उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १.१०५३ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ।

    कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले यो लाभांश वितरण प्रस्ताव स्वीकृत गरेको हो। प्रस्तावित लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

    यसबाहेक कम्पनीले घोषित बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर (rights shares) जारी गर्ने निर्णय पनि गरेको छ। यसले कम्पनीको पूँजी संरचना सुदृढ गर्न र भविष्यका परियोजनामा लगानी विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij