काठमाडौँ । जेनजीको निशानामा ऊर्जामन्त्री कुलमान घिसिङ परेका छन् । जेनजीको एक समूहले मन्त्री घिसिङको राजीनामा माग गरी आफ्नो तारो बनाएको हो ।जेन–जी मुभमेन्टले कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिदबिक्री सम्झौता भएको घिसिङको बर्खास्तीको माग गरेको हो ।
मुभमेन्टका प्रवक्ता विजय साहले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’
मुभमेन्टको संयोजक रविकिरण हमाल छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij