Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

जेनजी आन्दोलनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु हुने : अर्थमन्त्री खनाल

जेनजी आन्दोलनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु हुने : अर्थमन्त्री खनाल

  •  

    काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाहरूको पुनर्निर्माण कार्य दुई महिनापछि सुरु हुने जानकारी दिएका छन्।

    सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले सिंहदरबारभित्रका क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण हालकै बजेटभित्रबाट सुरु गरिने बताएका हुन्।

    उनका अनुसार, जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करिब सय अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।
    पुनर्निर्माणका लागि स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको समेत उनले जानकारी दिए।

    मन्त्री खनालले टुक्रे आयोजनाहरूको बजेट कटौती गरी हुलाकी, मध्यपहाडी, बीपी राजमार्गलगायतका रणनीतिक आयोजनाहरूलाई प्राथमिकता दिइएको बताए। साथै, बजेटको सही परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन र खर्च कटौतीका मापदण्डहरू प्रभावकारी बनाइएको पनि उनले उल्लेख गरे।

    उनका अनुसार, आयकर घटेपनि समग्र राजस्व वृद्धि भएको छ।
    यसबाहेक, जेनजी आन्दोलनपछि सेप्टेम्बरमा पर्यटक आगमन घटेपनि त्यसपछिका महिनामा आगमन दर उल्लेखनीय रूपमा बढेको पनि उनले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij